राप्रपाका नव निर्वाचित अध्यक्ष कमल थापालाई पार्टीभित्र मन नपराउनेको संख्या २ सय ५१ जना रहेको पाइएको छ ।
अध्यक्ष पदका लागि सोमबार भएको मतदानमा कमल थापाको विपक्षी अर्थात थापालाई छाडेर उनका प्रतिद्धन्दी प्रदीपविक्रम राणालाई भोट हाल्नको संख्या २ सय ५१ जना रहेको पाइएको हो । थापा भने २ हजार ८०४ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी बनेका छन् ।
राप्रपा अध्यक्ष चयनका लागि भएको मतदानमा कुल ३ हजार १३६ मत खसेको थियो, जसमध्ये ८१ मत भने बदर भएको छ ।
महाधिवेशनको पूर्वसंध्यामा राप्रपामा शीर्ष नेताहरुबीच कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको थियो । तर, थापाले एकलौटी निर्णय गरेको भन्दै डा। प्रकाशचन्द्र लोहनी सहमति छाडेर अध्यक्षको लाइनमा उम्मेदवारी दिने घोषणा गरे ।
लोहनीले अन्तिम समयमा मैदान छाडे तर, उनी निकट राणाको उम्मेदवारी परपछि थापा सर्वसम्मत हुन सकेनन् । कतिपयले आफू प्रजातान्त्रिक पद्धतीबाटै आएको देखाउन राणालाई उम्मेदवारी दिन थापाले नै लगाएको बताउँछन् भने कतिपयले थापाकै योजनामा आफ्ना विपक्षी कति रहेछन् भनेर बुझ्नका लागि पनि राणालाई उम्मेदवारी दिन लगाएको समेत बताउने गरिएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा महाधिवेशनस्थल भृकुटीमण्डप पुरै सजिएको थियो भने भोटका लागि उम्मेदवारहरुको दौडधुप देखिन्थ्यो । हेर्नुहोस् भिडियोमा