काठमाडौ ९ फागुन
बिपी राजमार्ग अन्तर्गत सिन्धुली-बर्दिबास सडक सडकखण्डको सिन्धुलीको शीतलपाटीमा पर्ने त्रिवेणीमा पहिरो गएपछि सवारी आवत जावत अवरुद्ध भएको छ ।
सडकमा पहिरोसँगै सडक भासिँदा बिपी राजमार्गको उक्त सडकखण्ड अवरुद्ध हुन पुगेको छ ।
आइतबार राति एक्कासी पहिरोले सडक भासिएपछि सिन्धुली बर्दिबास हुँदै चल्ने गाडी बिच बाटोमै रोकिएका छन् भने यात्रु बाटैमा अलपत्र अवस्थामा रहेका छन् ।
करिब २० देखि ३० फिट सडक भासिएको छ । सडक भासिएपछि रामेछाप, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीसहित सिन्धुली-बर्दिबासभएर पूर्व जाने यात्रुलाई समस्या भएको छ ।