काठमाडौं ९ फागुन
विप्लव
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले अब माओवादी नाम त्यागेको छ । उसले नेपाल कम्युनिष्ट पार्टी माओवादी आफ्नो पार्टीको नामबाट माओवादी हटाएको हो ।
रोल्पाको थवाङ भएको ८ महाधिवेशनको बन्दसत्रले माओवादी नाम हटाउने प्रस्तावलाई अनुमोदन समेत गरेको छ ।
चिनियाँ क्रान्तिका नेता माओको नीति र विचारलाई अवलम्बन गरेर माओको पछाडी वाद राखेर १० वर्षे जनयुद्ध नेपालमा चलेको थियो ।
जनयुद्धता जनसरकार प्रमुख रहेका डा. बाबुराम भट्टराईले माओवाद मात्र नभएर कम्युनिष्ट पार्टी नै नमान्ने गरि यसअघि माअाेवाद त्यागेका थिए । अहिले विप्लव माओवादीले माओवादी नाम त्याग गरेको हो । यद्यपी, विप्लवले मालेमावाद (मार्क्स, लेनिन, माओ) वादलाई अवलम्बन गर्ने जनाएको छ ।
फागुन १ गते काठमाडौंमा उद्घाटन भएको सो पार्टीको महाधिवेशनको बन्दसत्र ५ गतेबाट रोल्पाको थवाङमा भएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।