काठमाडौं ८ फागुन
मुस्लिम बाहुल्य राष्ट्र पाकिस्तानमा पहिलो पटक हिन्दु विवाह दर्ता सम्बन्धी कानुन औपचारिक रुपमा पारित भएको छ ।
हिन्दु विवाह विधेयक(२०१७ पाकिस्तानको संसद्ले सर्वसम्मत रूपमा पारित गरेको हो । अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले औपचारिक रूपमा कानुनको मान्यता पाउने भएको छ ।
पाकिस्तानमा रहेका हिन्दुले यस विधेयकको स्वागत गरेका छन् । यसबाट अल्पसंख्यक हिन्दुले आफ्नो विवाह दर्ता गराउन पाउनेछन् । सम्बन्ध विच्छेद र पुनर्विवाहको व्यवस्था पनि विधेयकमा छ । विवाहका लागि वरवधूको १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ । हिन्दु महिलाले अब विवाह दर्ताको सरकारी मान्यता पाउनेछन् ।
यो विधेयक पाकिस्तानी हिन्दुका लागि पञ्जाब, बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा लागू हुनेछ । सिन्ध प्रान्तले यसअघि नै प्रान्तीय स्तरमा हिन्दु विवाह विधेयक बनाइसकेको छ । उक्त विधेयक कानुनमन्त्री जामिद हमिदले संसद्मा पेस गरेका थिए । कुनै पनि सभासद्ले यसपटक विधेयकको विरोध गरेका थिएनन् ।
कतैबाट विरोध नभएपछि ‘सिनेट फङ्सनल कमिटी अन ह्युमन राइट्सु जनवरी २ तारिखमा बहुमतका समथ यस विधेयकलाई मञ्जुरी दिएको थियो । संसद्बाहिर भने यो विधेयकको विरोध भइरहेको छ । उनीहरूले यसलाई इस्लाम धर्मको सिद्धान्त विरुद्ध भएको दाबी गरेका छन् ।
Comments