काठमाडौं ८ फागुन
नेपाल प्रहरी महानिरीक्षक विवादको विषयमा आज सर्वोच्च अदालतमा हुने भनिएको बहस रोकिएको छ ।
डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आइतबार बहसको मिति तोकिएको थियो । तर प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि सुनुवाइ सरेको छ । अब आज नै म्याद तामेली हुने र मंगलबार बहस हुने बताइएको छ ।
कपिलदेव ढकालले दायर गरेको रिटमा सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
Comments