काठमाडौँ, ७ फागुन । धादिङ बेनीघाट केन्द्रविन्दु बनाएर आज (शनिबार) बिहान ६ बजे ४ंं.४ रिक्टर स्केलको परकम्प गएको छ ।
गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रिक्टर स्केलका हालसम्म चार सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
गत वर्षको महाभूकम्पपछि साना तिना पराकम्प आउने क्रम रोकिएको छैन ।
Comments