गोरखा १ फागुन । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक सङ्कट टार्नका लागि आउँदो माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गराइसक्ने बताएका छन्  ।

नेपाली काँग्रेस क्षेत्र नं २ गोरखाले शनिबार पालुङ्टारमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले भने – “नेपाल अत्यन्त महत्वपूर्ण मोडमा उभिएको छ । संविधान हामीले बनायौँ तर यसको कार्यान्वयन हुन पाएको छैन । माघ ७ भित्र तीनवटा चुनाव भइसक्नुपर्छ । चुनाव भएमात्रै संविधानको पूरापूर कार्यान्वयन हुन्छ ।”

आफ्नो पार्टी स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन छिटो गर्नुपर्ने पक्षमा रहेको देउवाले बताए  ।

संविधानमा उल्लेख भएअनुसार समयभित्रै निर्वाचन गरेर काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने उनको भनाइ छ । पहाड र मधेसबीच गहिरो खाडल सिर्जना गर्न खोजिएकोप्रति आपत्ति जनाउँदै उहाँले संविधान संशोधन पारित भएपछि मधेस र पहाडबीचको झगडा सदाका लागि अन्त्य हुने ठोकुवा गरे । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।