काठमाडौं १ फागुन
सरकारले निर्वाचन आयोगलाई निर्वाचनको तयारी अगाडी बढाउन भनेको छ । निर्वाचन आयोग भित्र भने राजनीतिक पक्षधरताले तयारी भन्दा पनि एकले अर्काको उछितो कार्ने प्रवृत्ति हाबी भएको पाइएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव आफूखुसी काम गर्ने, अरुलाई गन्दा पनि नगन्ने र अन्य आयुक्त भने उनको कुरो काट्दै हिडेको पाइएको छ ।
केही दिन अगाडी निर्वाचन आयोगले विद्युतिय मतदानको नमुना प्रस्तुत गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाएर गरेको कार्यक्रमको आयुक्त इला शर्माले नै आलोचना गर्दै हिडेको भेटिएको छ । आयुक्त शर्माले, आयोगले यतिबेला निर्वाचनको लागि आवश्यक कानुन बनाउनुपर्नेमा विद्युतिय मतदान खरिद गर्ने बहाना बनाएर लाखौं कुम्ल्याउन खाजेको भन्दै आलोचना गर्दै हिडेकी छिन् ।
स्रोतका अनुसार प्रमुख आयुक्त नै निर्वाचन गर्न भन्न पनि मेसिन किनेर कुम्ल्याउने खेलमा लागेको तथा प्रधानमन्त्री समेत त्यसमा संलग्न रहेको भनेर इलाले आरोप लगाउने गरेकी छिन् । प्रमुख आयुक्त र आयुक्तबिच नै खुट्टा तानातानले आयोगका महत्वपूर्ण काम समेत ओझेलमा परिरहेको समेत बताइन्छ ।
कस्ता छन् प्रमुख आयुक्त यादव
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, एकलकाटे स्वभावका छन् । उनकै नजिककाहरु भन्छन्, ‘उनी हत्तपत्त अरुलाई गन्दैनन् ।’ त्यसो त प्रमुख निर्वाचन आयुक्त भएपछि मिडिया फ्रेन्ड्ली हुनुपर्ने, राजनीतिक दलहरुलाई समेत कतिपय अवस्थामा कन्भिस् गरेर स्वच्छ तरिकाले निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउने उनको पनि काम हो । तर उनी मिडियाबाट भाग्ने गरेको आरोप छ । ‘मिडियाकर्मीको फोन उठाउँछन् । तर बुझ्न खोज्दा एक दुई शब्द भनेर बिचैमा फोन राख्ने गर्दछन् उनको यो संकुचित व्यवहार हो, सुधार गरेरनन् भने आफैंलाई घाटा छ,’ एक पत्रकार भन्छन् ।
Comments