झापा २९ माघ । निर्वाचनका लागि जिल्लामा ३१ दल सूचीकृत भएका छन् ।

त्यस्तै मतदाता नामावलीमा भने महिला भन्दा पुरूष संख्या बढी देखिएको छ । पाँच लाख तीन हजार १७३ जना मतदाताले नाम लेखाएको र जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । तिनमा दुई लाख ५३ हजार ३० महिला, दुई लाख ५० हजार एक सय ३९ पुरुष र चार तेस्रो लिङ्गी छन् ।

कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत १३ हजार आठ सय तीन मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत गोपाल आचार्यले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।