झापा २९ माघ
सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छाड्न थालेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यवसायीले घर छाडेका हुन्। 
‘पक्राउ परेकाको बयानका आधारमा पाँच जना व्यवसायीको नाम खुलेको छ तर उनीहरुलाई लगातार पछ्याइरहे पनि समाउन सकिएको छैन’, ३३ केजी सुन सहित समातिएका भरिया र उनहरुसँग जोडिएकाबारे अनुसन्धान गरिरहेका सीआईबीका ती अधिकारीले भने । उनका अनुसार नाम जोडिएका व्यवसायीको नियमित निगरानी गरिए पनि उनीहरु केही समययता घरमा छैनन्। 
आरोपितमध्ये केही ठूला व्यवसायी रहेको प्रहरीको दाबसुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानविन गरिरहेको छ । पाँच जनाको परिचय खुलेको र उनीहरु नेपालमा नरहेको स्रोतले बताएको छ। अन्नपूर्ण पोष्टबाट
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।