चितवन, २२ माघ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन नगराउने भए यो सरकारको औचित्य नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन नगराए एमालेले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताए ।
नेता खनालले निर्वाचन नभए मुलुक अन्यौलतातर्फ धकेलिने भएकाले सरकारले निर्वाचन गराउन आलटाल गर्न नहुने समेत बताए ।
नेकपा एमाले सङ्गठन सुदृढीकरणको अभियानमा जुटेको भन्दै उनले गाउँगाउँ जनपरिचालन अभियान सुरु गरेको उल्लेख गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।