नेता आचार्य एक वर्षपछि संसदमा

काठमाडौँ, १९ माघ । स्वास्थ्यमा सुधार भएपछि नेपाली काँग्रेसका नेता नरहरि आचार्यले आज एक वर्षपछि व्यवस्थापिका–संसद्को बैठकमा भाग लिएका छन् ।

गत वर्षको पुस २६ गते सो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जलि दिने क्रममा हृदयाघातका कारण अचेत हुनुभएका नेता आचार्य स्वास्थ्यमा सुधार आएपछि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन् । उनी गाडीबाट ओर्लिएपछि सहयोगीलाई हात समाउन लगाएर बैठक कक्षमा गएका थिए । 
हाल पक्षघातको उपचार गराइरहनु भएका सांसद आचार्यले बैठक कक्षबाट बाहिरिएपछि पत्रकारसँग विस्तारै सबै कामलाई निरन्तरता दिने बताए । उनले आफू लेखपढ र विचार निर्माणमा अलि अगाडिदेखि लागे पनि चिकित्सकको परामर्शमा फिजियोथेरापीमै व्यस्त रहनुपर्ने भएकाले राजनीतिक गतिविधिमा आउन ढिलो भएको उल्लेख गरे । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।