काठमाडौं १५ माघ
तपाईको क्लियर फोटो पठाउनुहोस् धेरैभन्दा धेरै लाइक, कमेन्ट र सेयर गर्नुहोस् अनि पाउनुहोस् आकर्षक गिफ्ट हेम्पर यस्तै यस्तै प्रकारका फेसबुकको विज्ञापनकै भरमा तपाई कतै मुर्गा त बनिरहनु भएको छैन ?
![]() |
एक सपिङ अनलाइनले फेसबुकमा नम्बरिङ गरेका फोटोहरु । |
आज भोलि अनलाइन सपिङ बेवसाइट, तथा विभिन्न संस्था तथा कम्मेटिक तथा अन्य पसलहरुले समेत गिफ्टको आकर्षण देखाएर फेसबुक प्रयोगकर्तालाई मुर्गा बनाईरहेका छन् । उनीहरुले जसले बढी उनीहरुको फेसबुक पेजमा राखेको तपाइकाे फोटोमा लाइक, कमेन्ट तथा सेयर गराउन सफल हुन्छ त्यसमध्येबाट विजेता छानेर उपहार दिने शर्त राखेका हुन्छन् । अनि उपहार पाउने लोभमा तपाई हामी भने त्यसैमा झुण्डिएर र भए भरका साथीभाई, नरनातालाई लाइक गरिदिनु र कमेन्ट गरिदिनु र प्लिज सेयर भन्न बाध्य बनिरहेका हुन्छौं ।
तपाई कसरी बनिरहनु भएको छ मुर्गा ?
तपाईले त्यस्ता कन्टेक्सबाट सामान्य गिफ्ट हेम्पर त पाउनु होला । तर, त्यसको लागि तपाईले कति समय खर्च गर्नपर्ने हुन्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । अर्कातर्फ तपाईले डाटाबाट नेट चलाउने हो भने गिफ्ट हेम्पर भन्दा पनि धेरै पैसा त्यताबाट पनि कटिरहेको हुन्छ ।
यति मात्रै नभएर, तपाईले गिफ्ट हेम्परका लागि भए भरका साथीभाई, इष्टमित्र आफन्तलाई लाइक, कमेन्ट तथा सेयर गरिदिन जति बिन्ति भाउ गर्नुहुन्छ उनीहरुले तपाईलाई कस्तो खाले मान्छे होला भनेर बिल्ला समेत उडाईरहेका हुन सक्छन् । तपाई कुनै राम्रो असल पेशा व्यवसाय तथा अध्ययन अध्यापनमा रहनु भएको छ तर तपाई आफ्नै होस् या आफन्तको फाेटाेमा लाइक कमेन्ट तथा सेयर गरिदिनुस् न भनेर अरुलाई अनुरोध गर्दा कस्तो लाइकको भोको रहेको रहेछ समेत भन्ने गरेका छन् । त्यसले तपाईको प्रतिष्ठामा समेत असर पुर्याउन सक्ने विज्ञहरुको मत छ । फेसबुकमा धेरै झुण्डिएर लाइक माग्दै बस्नु भयो भने काम नभएको र फेसबुक एडिक जस्तै भनेर तपाईको कुरा काट्ने सम्भावना समेत रहन्छ । कतिपयले त सानो गिफ्टका लागि के यस्तो काम गरेको होला भनेर समेत भन्ने गरेको समेत पाइएको छ । चिने नचिनेकालाई फोटोमा लाइक, कमेन्ट तथा सेयर गरिदिन अनुरोध गर्नु भन्दा त्यो समय अन्यत्र नै उपयोग गरिए धेरै राम्रो हुने सुझाव यस क्षेत्रका जानकारहरुको रहने गरेको छ ।
किन यसो गरिन्छ ?
![]() |
एक सपिङ अनलाइनले फेसबुकमा कन्टेक्समा राखिएको फोटो र सँगै शर्त पनि । |
आज भोलि सबै जसो उद्योग, कलकारखाना, सरकारी तथा गैर सरकारी कार्यालयको साथै सपिङ सेन्टर, डिपार्टमेन्टहरुले समेत आफ्नो अर्गनाइजेशनको प्रचार प्रसारका लागि फेसबुक ट्वीटर अकाउन्ट खोलेका छन् । त्यसमा विशेष गरी सपिङ सम्बन्धी अनलाइन साइटहरुले आफ्नो संस्थाको प्रचार प्रसारका लागि तपाई हाम्रो फोटो मगाएर आफ्नो फेसबुक पेजमा कम्पिटिशन र गिफ्टको नाममा राख्ने अनि आफ्नो अर्गनाइजेशनको सित्तैमा प्रोमोट गरिरहेका छन् । सामान्य गिफ्ट राखेर बढी भन्दा बढी माझमा आफ्नो ब्रान्ड तथा अर्गनाइजेशन चिनाएर बिजनेश बढाउन र फेसबुक लाइक बढाउन यस्तो कार्य हुने गरेको छ । ह्यापी सपिङ नामक फेसबुक पेजमा आफ्नो फोटोमा मात्रै नभएर फेसबुक पेजमा पनि लाइक गर्नुपर्ने शर्त राखिएको पाइएको छ । यो एउटा उदाहरण मात्र भएपनि, आज भोलि आफ्नो ब्रान्ड तथा संस्थाको प्रचारशैली धेरैले यहीँ तरिकाले गर्ने गरेका छन् भने सामान्य फेसबुक प्रयोगकर्ताले अनावश्यक समय यसमा खर्चिरहेका छन् ।
त्यसो त लाइक, कमेन्ट र सेयर गराउन सक्ने जति सबै प्रयास गर्ने गरेका छन् । इन्टरनेट विज्ञहरुले यस्तो कामलाई आफ्नो अर्गनाइजेशनको प्रचार प्रसार गर्न गिफ्टको लोभ देखाएर सामान्य फेसबुक प्रयोगकर्ताहरुलाई मुर्गा बनाउने कामको संज्ञा दिएका छन् ।
Comments