स्याङजा १४ माघ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको मञ्चमा ढुंगा प्रहार भएको छ ।
बिहीबारबाट सुरु भएको छैटौं वालिङ महोत्सवमा ओलीले सम्बोधन गरिसकेपछि ढुंगा प्रहार भएको हाे ।
ढुंगा प्रहारबाट वालिङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुधन श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ सदस्य रबीन्द्र बहादुर प्रजू घाइते भएका छन् । उनीहरुको आखाँमा चोट लागेको छ ।
ओलीले महोत्सवलाई सम्बोधन गर्दै गर्दा नियोजित तरिकाले बिजुलिको लाइन काटिएको भन्दै एमाले निकट युवाहरुले नाराबाजी र मञ्चमा ढुंगा प्रहार गरेका हुन् ।
महोत्सवलाई सम्बोधन गर्न सुरु गरेको दुई मिनेटमै लाइन गएको थियो । करिब १० मिनेट पछाडि दोस्रोपटक जेनेरेटरबाट आएको विद्युत पनि बन्द भएपछि हात हललाउँदै आली विदा भएका थिए । – नयाँ पत्रिकाबाट
Comments