काठमाडौं, १३ माघ । उद्योगीसँग मिलेर बिजुलीको मिटर उल्टो घुमाएर कम महसुल बिलिङ गराउने कर्मचारीहरुमध्ये ट्रेड युनियनका नेता समेत रहेको भेटिएको छ ।
प्रहरीले केही दिनअघि ग्राहकसँग मिलेर बिजुलीको मिटर उल्टो घुमाएर कम महसुलको बिलिङ गराउन संलग्न प्राधिकरणका कर्मचारीलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेकामध्ये केही कर्मचारी ट्रेड युनियनका नेता भएको खुलेको हो ।
पक्राउ परेका मनिज श्रेष्ठ कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् भने दिलबहादुर साउद केन्द्रीय सदस्य हुन् ।
महादेव प्रधान एमालेनिकट कर्मचारी युनियनका सल्लाहकार हुन् ।
प्राधिकरणको विनियमावलीमा एउटा मिटररिडरले एक क्षेत्रमा दुई वर्षभन्दा धेरै समय काम गर्न नपाउने व्यवस्था छ । तर, उनीहरुले ट्रेड युनियनकै दबाबमा एउटै क्षेत्रमा बसेर सेटिङका आधारमा बिल कम गरेर पैसा कमाउँदै आएको प्रहरीले जनाएको छ ।
Comments