काठमाडौं ५ माघ
विमानस्थलमा सुन तस्करीकाण्डका विषयलाई लिएर आफूले बोलेकै विषयमा अर्थमन्त्री अप्ठ्यारोमा परेका छन् ।
केही दिन अघि सुन तस्करीकाण्डमा अन्तराष्ट्रिय गिरोहको समेत हात हुने तवरबाट गरेर बोल्दै गर्दा ठूलो समूह रहेको इंकित गरेर आफू भुरा मात्रै भएको शब्द उच्चारण गरेपछि अर्थमन्त्री फसादमा परेका हुन् । उनले यस्तो उक्त शब्द जुन बेला उच्चारण गरेका थिए की- विरोधीहरुले सुन तस्करीमा महराको नाम समेत जोडेर प्रोपोगाण्डा सिर्जना भईरहेको थियाे ।
अर्थमन्त्री महराले सुन तस्करीमा संलग्नलाई नछाड्न निर्देशन भने दिईरहेका छन् । तर केही मिडियामा नकरात्मक खबर बढी आएपछि उनको सचिवालयले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको छ ।
‘केही दिन यता माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको चरित्र हत्या गर्ने ढंगले समाचार प्रकाशन भएकोमा अर्थ मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ’ उनको सचिवालयले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बिशेषगरी केही पत्रिकामा राजनितिक पूर्वाग्रह राखेर तथा चरित्र हत्या गर्ने मनसायले माननिय मन्त्री ज्यूको बद्नाम गर्ने गरीे समाचार प्रकाशन भएकोमा, अर्थ मन्त्रालय खेद प्रकट गर्न चाहन्छ ।’
विज्ञप्तिमा सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न माननीय उपप्रम तथा अर्थमन्त्रीज्यूले मन्त्रालयका सचिव र भन्सार विभागका अधिकारीहरुलाइ स्पष्ट निर्देशन दिएको समेत जानकारी गराइएको छ ।
Comments