आरोप प्रत्यारोप होइन, सहमति आवश्यक : अध्यक्ष थापा

हेटौँडा, २५ पुस । राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख दलहरुले प्रधानमन्त्री र मन्त्री पदमा टिकिरहने लालसाले मुलुकको राष्ट्रिय अखण्डतामाथि गम्भीर सङ्कट उत्पन्न गरेको बताएका छन् ।  
राप्रपा मकवानपुरद्वारा सोमबार हेटौँडामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले बाह्य शक्तिको उत्साहटमा दलहरु उपयोग हुन नहुने उल्लेख गर्दै प्रमुख दललाई राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाएर आर्थिक समृद्धिका लागि एक जुट हुन आग्रह गरे ।
उनले भने,–“दलहरुबीच आरोप प्रत्यारोप होइन आपसमा समझदारी र सहकार्य हुनुपर्छ, अब स्थानीय निर्वाचन सम्पन्न गर्न सबै एक हुनुपर्छ”  । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।