काठमाडौं २१ पुस । महाअभियोग दर्तासँगै निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिका लागि पेश गरेको बायोडाटा नै गलत भएको पाइएको छ ।
संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा उनले केही विवरण झुटा पेश गरेका हुन् ।
कार्कीले संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा सन् २००६ को अप्रिलदेखि सन् २००९ सम्म आफू मुख्य सचिव रहेको विवरण उल्लेख गरेका छन् । उनले उल्लेख गरेको मितिलाई आधार मान्ने हो भने २००९ (वि.स २०६५ पुस) सम्म उनी मुख्य सचिवमा कार्यरत भएको देखिन्छन । कान्तिपुर दैनिकले लेखेको समाचार अनुसार यथार्थमा भने उनी दुई वर्ष अघि नै मुख्य सचिववाट हटिसकेका थिए । यसरी उनले आयोगमा नियुक्ति खाने बेला गलत विवरण पेश गरेका हुन् ।
Comments