काठमाडौं १६ पुस । उपत्यकालाई लोडसेडिङमुक्त बनाएर देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा लागेका उर्जामन्त्री जनार्दन शर्माले आफूलाई हैरान पार्न खोजिएको भन्दै आफू निराश नहुने अठोट व्यक्त गरेका छन् ।
कास्की जिल्लाको सिल्दुजुरे गाविसस्थित माथिल्लो मादी जलविद्युत आयोजनाको उद्घाटनका क्रममा मन्त्री शर्माले उज्यालो नेपाल बनाउने अभियानमा विभिन्न तत्व निरन्तर बाधा हालिरहे पनि आफू पछि नहट्ने बताएका छन् ।
‘म मन्त्री भएदेखि अहिलेसम्म ५ वटा मुद्दाको सामना गरिसकेको छु’ , उनले भने- ‘यस्तो हर्कतले उज्यालो नेपाल बनाउने अभियानमा बाधा खडा गर्न खोजिए पनि म निराश हुने छैन ।’
मन्त्री शर्माले इमान्दारितार्पूक र विधिसम्मत ढंगले काम गर्दा पनि अनावश्यक राजनीति गरेर हैरान पारिएको गुनासो गरेका थिए  । “काम गर्न नदिएर हैरान पार्ने गरिएको छ तर म निराश हुँदैन, उज्यालो नेपाल र समृद्ध नेपालको लागि जस्तोसुकै चुनौतिको सामना गर्न पनि तयार छु ” उनले भने ।
उनले जलविद्युत आयोजनाबाट प्रभावित जनताको लागि १० प्रतिशत र अन्य क्षेत्रका जनताको लागि २० प्रतिशत गरी ३० प्रतिशत शेयर जनताको लागि वितरण गर्ने नीति सरकारले बनाएको जानकारी दिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।