काठमाडौं १२ पुस

नेपालका विभिन्न माओवाद अगालेका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर पुस ११ का दिन १२४ औं माओ जयन्ती मनाएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी लगायत पार्टीले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर सोमबार १२४ औं माओ जयन्ती मनाएका हुन् ।
नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले दाहालले आजको सन्दर्भमा निरन्तर क्रान्ति र सङ्घर्ष नै माओवादको मुख्य सन्देश भएको बताए  । आजको युग पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो, सर्वहारा वर्गको अन्तिम विजय नभएसम्म निरन्तर क्रान्ति र निरन्तर सङ्घर्षको औँचित्य कायमै रहन्छ उनले भने, आजको सन्दर्भमा माओवादको सन्देश भनेको निरन्तर क्रान्ति र निरन्तर सङ्घर्ष हो ।”

सङ्घीयतालाई साम्प्रादायिकतामा बदल्ने कोसिस
प्रधानमन्त्री प्रचण्डले कार्यक्रममा परिवर्तनलाई आत्मसात गर्न नचाहेको र संघीयता र धर्मनिरपेक्षता जसता उपलब्धी खोस्ने चलखेल भईरहेको बताएका छन् । जनयुद्धकै बलमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिताजस्ता महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले आजको सन्दर्भमा माओवादको पक्षमा उभिनु भनेको संविधानमा संस्थागत भएका उपलब्धिको कार्यान्वयन गर्नु भएको समेत बताएका थिए ।
कार्यक्रममा उनले सङ्घीयतालाई साम्प्रादायिकतामा बदल्ने कोसिस भइरहेको बताएका थिए । कार्यक्रममा उनले जनआन्दोलन चलिरहँदा मुलुकमा गणतन्त्र आउनै नसक्ने दाबी गर्नेहरु अहिले सबै आफैँले गरेको भने जसरी प्रस्तुत हुन थालेको भन्दै विगतमा गणतन्त्र आउनै नसक्ने दाबी गर्ने र अहिले संविधान कार्यान्वयन हुन
नदिने तत्व एउटै भएको समेत बताएका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।