काठमाडौं । ओरालो लागेको नेपाली फुटबल जगतले पुस २९ गते एउटा रेकर्ड तोडेको छ । नेपालले २९ पुसका दिन साफ च्याम्पियनसीप अन्तर्गत प्रतियोगितामा श्रीलंकालाई १ गोलले हराउँदै २८ महिनापछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हासिल गरेको छ ।
एकातर्फ, नेपालले साफ च्याम्पियनसिपमा श्रीलङ्कासँग यसअघिको प्रतियोगितामा भोगेको पराजयको बदला लियो भने अर्कातर्फ २८ महिनापछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गर्यो ।
सन् २०१३ को सेप्टेम्बर यता नेपालको सिनियर फुटबल टोलीले कुनै अन्तर्रािष्ट्रय प्रतियोगिता जित्न सकेको थिएन ।
बंगलादेशको बंगबन्धु कप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई १–० ले पराजित गरेको थियो । खेल सुरु भएको दुई मिनेटमा नै विमल घर्ती मगरले गोल गरेर टिमलाई अग्रता दिएका थिए । सोही गोल नै निर्णायक बन्यो । नेपालले थप गोल गर्नुपर्ने सौभाग्य भने चुकायो । सुरुको गोलकै आभारमा निर्धातिर ९० मिनेटको खेलमा निर्भर रहनुले नेपाली खेलको स्तर सुधारिएको भने मान्न तयार देखिदैनन् फुटबल विज्ञहरु । नेपाली खेलको स्तर सुधार्न राज्यले धेरै लगानी गर्नुपर्नेमा उनीहरुको जोड छ ।
यता नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा २७ गतेबाट नै टिमका प्रशिक्षकका रुपमा डेब्यू गरेको बालगोपाल महर्जनले भने जितलाई स्वभाविक मान्छन् । तर, नेपाली टोलीले थप गोल गर्न भने चुकेकोमा उनी पनि सहमत छन् ।
नेपाली फुटबल टोली म्याच फिक्सिङमा संलग्नता हुँदा यसअघि गोल गर्नबाट चुकेको थियो भने पछिल्लो पटक टिममा प्राय नयाँ अनुहारको वर्चस्व छ ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा मलेसियाको क्लब फिल्डासँग गोलरहित बराबरी खेलेको थियो । समूह ए रहेको नेपाल एक बराबरी र एक जितका साथ ४ अंक सहित शीर्ष स्थानमा छ। नेपालको समूहमा बंगलादेश पनि रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।