पुस । कुवेतले आफ्नो देशका विरुद्धमा गुप्तचरी गरेको आरोपमा दुई जनालाई मृत्युदण्डको सजाय दिएको समाचार छ ।

उनीहरुले कुवेतको सूचना इरानलाई उपलब्ध गराएर देशबिरुद्ध घात गरेको आरोप लागेको थियो । सो अभियोगमा भएको अनुसन्धानमा ती दुई दोषी पाइएका थिए ।
मृत्युदण्डको सजाय सुनाइएकामध्ये एकजना इरानी नागरिक पनि रहेका छन् । कुवेती सिया मुस्लिमको समूहमा ती इरानीलाई पनि राखेर अनुसन्धान गरिएको थियो ।

ती २५ जनामध्ये एकजनालाई आजन्म काराबास र अरु १९ जनालाई १५ वर्षको जेल सजाय सुनाइएको बताइएको छ ।

साथै उनीहरुले इरानको समर्थनमा रहेका लेबनानी सिया विद्रोही हजबुल्लाहलाई सहयोग पु¥याएको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।