पुस । रसियाद्वारा गरिएको हवाई आक्रमण सोमबार सिरियाको अलेप्पो प्रान्तमा अवस्थित एक विद्यालयमा परेपछि त्यहाँ अध्ययनरत् कम्तिमा १२ जना विद्यार्थी तथा तीन जना वयस्क मारिएको अनुगमनले देखाएको छ ।
मानवअधिकारको अनुगमन गर्दै आएको बेलायतस्थित सिरियाली संस्थाका अनुसार आक्रमणबाट एक शिक्षकसहित तीन जना वयस्क तथा १२ जना विद्यार्थीको मृत्यु भएको छ ।
घटनामा २० जना अन्य शिक्षक तथा विद्यार्थी घाइते भएको प्राप्त समाचारमा उल्लेख छ ।
सरकार र विद्रोही इस्लामिक समर्थकबीच सिरियाको उत्तरी प्रान्तमा आइतबारदेखि झडप भइरहेको र रसियाद्वारा प्रहार गरिएको क्षेप्यास्त्र विद्यालय हातामा परेपछि सो घटना भएको थियो ।
Comments