काठमाडौं । नेपाल सरकार अन्तर्गत सञ्चालित नेपाल टेलिभिजनको तेस्रो टेलिभिजन एनटिभी न्यूज च्यानलले ३३८ जना मिडियाकर्मीको डेढ लाख बढी रकम अलपत्र पारेको छ ।
आधा वर्ष अगाडी अस्थायी सेवा अन्तर्गत संवाददाता, डेस्क इडिटर, ध्वनी नियन्त्रक, क्यामेरा पर्सन लगायत २२ जनाका लागि फर्म खुलाएको थियो । प्रति फर्मका लागि ५ सय दस्तुर उठाएपनि परीक्षा नै नगराएर एनटिभीले दस्तुर बापत् उठाइएको १ लाख ६९ हजार अलपत्र पारिदिएको छ ।
पुरानो फर्म लिने अनि दस्तुर उठाएर अहिले उनीहरुलाई समेट्दै नसमेटी अर्को फर्म खुलाउनु भएछ नि भन्ने जिज्ञासमा एनटिभी प्रशासनले टेलिभिजनलाई अस्थायी सेवाका लागि फर्म खुलाएको र अहिलेको प्रक्रियामा समेट्न केही प्राविधिक कठिनाई देखिएकाले समेट्न नसकेको बताएको छ । एनटिभी प्रशासन महाशाखाका निर्देशक गणेश प्रसाद घिमिरले टेलिभिजनको निर्णय अनुसार नै अस्थायी सेवाका लागि कर्मचारी थप्न सकिन्छ कि भनेर जवाफ मागेको तर जवाफ पर्खदा परीक्षार्थीको दस्तुर फिर्ता गर्न पनि ढिलाई भएको भनेर पन्छिए । नयाँ फर्ममा समावेश पनि नगर्ने र दस्तुर फिर्ता समेत नगरेको एनटिभीले अब चाँडै उनीहरुको दस्तुर फिर्ता दिने जवाफ दिन्छ ।
व्यवस्थापिका संसद अन्तर्गतको सुसाशन समितिले एनटिभीले लोकसेवा आयोगको मान्यता विपरित कर्मचारी राख्न लागेको भन्दै चासो देखाएर प्रक्रिया पूरा गरेर मात्र कर्मचारी छनोट गर्न निर्देशन दिएपछि एनटिभी प्रशासनले लोकसेवाको मान्यता अनुसार नै पुनः फर्म खुलाउने र पुराना फर्म भरेकालाई त्यसैमा मान्यता दिने निर्णय गरेको थियो ।
पछिल्लो पटक भने एनटिभीले रिपोर्टर, क्यामेरा पर्सन तथा प्रशासन अधिकृतका लागि फर्म खुलाईसकेको छ । सो फर्ममा उसले पुराना परीक्षार्थीलाई समेट्दै नसमेटी प्रक्रिया अगाडी बढाईरहेको छ । मंसिर २३ गते भ्याकेन्सी खुलाएको एनटिभीले माघ १ गते परीक्षा समेत तोकिसकेको छ । ५ सय दस्तुर बुझाएका पुराना परीक्षार्थीले भने आफूहरुलाई समेट्दै नसमेटी पुनः अर्को फर्म खुलाएकोमा आक्रोश व्यक्त गरेका छन् । नयाँ फर्म प्रक्रिया पुर्याएर खुलाएपछि त्यसमा नै समेट्छौं भन्ने अहिले त्यसमा हामीलाई नसमेट्ने काम गरियो, एक आवेदनकर्ताले भने, यो त एनटिभीको बेइमानी भयो ।
Comments