काठमाडौं । मधेसी मोर्चाका नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतको मोर्चा टोलीलाई भारतीय सिमा सुरक्षाले हस्तक्षेप गरेको छ । हस्तक्षेपका क्रममा महतोको टाउकोमा चोट लागेको छ ।
महतोको नेतृत्वमा भारतीय भूमि हुँदै नेपाल प्रवेश गरेका मोर्चा कार्यकर्ताले दशगजामा बसेर नाका अवरोध सिर्जना गरेपछि प्रहरी हस्तक्षेप भएको थियो । नेपाल प्रहरीले सिमा खुलाउन हस्तक्षेप गरेपछि महतो भारतीय भूमितर्फ भागेका थिए ।  भारतीय भूमिमा उनी कुटिएका हुन् । उनको टाउको र शरीरका अन्य भागम चोट लागेको छ । उनको विटानरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले भारतीय भूमिबाट नेपाल प्रहरीमाथि पेट्रोल बम तथा ढुंगामुढा हान्ने गरेका थिए । अरु बेला भारतीय पक्षले निर्वाध रुपमा नेपाल विरोधी कार्यक्रम गर्न दिए पनि पछिल्लो पटक भने हस्तक्षेप गरेको हो । तस्बीर सौजन्यः नागरिकन्यूज
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।