काठमाडौं । निलम्बनमा परेका सशस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १० करोड रुपैँया धरौटी बुझाएका छन् ।
सोमबार बयान लिँदा लिँदै नसकिएपछि अख्तियारले मागेको १० करोडको धरौटी बुझाएर उनी छुटेका हुन् ।

उनले उक्त रकम बराबरको बैंक ग्यारेण्टी अख्तियारमा बुझाएका छन् । सोमबार बिहान अख्तियारको टोलि उनलाई  पक्राउ  गर्न उनको निवास पुगेको थियो। उनले आफै उपस्थित हुने भनेपछि टोलि फर्केको थियो।

अख्तियारकै सिफारीसमा सरकारले उनलाई तीनमहिनाका लागि निलम्बन गरेको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।