खोटाङ, साउन ३१ । दुधकोसीमा आएको बाढीले किनारमा पार्किङ गरेर राखिएको बस बगाएको छ । यात्रुलाई ओरालेर खोटाङ र ओखलढुंगाको सिमामा पर्ने जयराघाटस्थित दुधकोसी किनारमा राखिएको बा ३ ख ६३६२ नम्बरको बस बाढीले बगाएको हो । 
राजधानी काठ्माण्डौंबाट यात्रु लिएर ओखलढुंगातर्फको जयराममा राखिएको दिक्तेल नगरपालिका बाम्राङका राम हिङमाङको बस नदीमा शनिबार आएको बाढीले बगाएको यातायात व्यवसायी संघ खोटाङका अध्यक्ष गणेशबिक्रम शाहीले बताए । 
नदीमा आएको बाढीले क्रमशः पार्किङ स्थलको जग कटान गरेपछि पार्किङ गरेर राखिएको बस बगाएको प्रहरीले जनाएको छ । नदीले बगाएको बस अहिलेसम्म नभेटिएको अध्यक्ष शाहीले जानकारी दिए । 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।