असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षा मन्त्रालयसँग निजी विद्यालयले गरेको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सहमति कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
संगठनको बैठकले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीले यस्तो चेतावनी दिएको हो ।
बैठकले सङ्गठनात्मक र निजी तथा सामुदायिक विद्यालयबारे निर्णय लिनुका साथै आगामी साउनको पहिलो हप्तादेखि सामुदायिक विद्यालय केन्द्रित सङ्घर्ष अघि बढाउने निर्णय गरेको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको प्रमुख आतिथ्यमा भएको अनेरास्ववियु क्रान्तिकारीको दोस्रो बैठकले रत्न ढकालको अध्यक्षतामा नयाँ नेतृत्वको घोषणा पनि गरेको छ । सङ्गठनको महासचिवको जिम्मेवारी उत्तम अधिकारीले पाएका छन् ।
त्यस्तै, उपाध्यक्ष त्रयमा वीरेन्द्र बस्नेत, खुसीराम चौधरी र सेवन्तराज भण्डारी रहनुभएको छ । सचिवमा पद्म खत्री र कोषाध्यक्षमा राम नेपालीलाई तोकिएको छ ।
सदस्यहरुमा सुशीला चौधरी, राजु राई, विजय भट्टराई, विष्णु सुब्बा, कमल न्यौपाने, कृष्ण अधिकारी, बिनी शाही र दिनेश रेग्मी छन् ।
Comments