सप्तरी २ असार । राष्ट्रपति डा रामवरण यादवले सप्तरी जिल्लाको पनसेरा गाउँ विकास समिति वडा नं ६, अमाहस्थित चुरेफेदी र लहान नगरपालिका–१७, सिराहास्थित देवीदहमा वृक्षारोपण गरेका छन् ।

सप्तरी जिल्ला सदरमुकामबाट ३० किलोमिटर उत्तरमा अवस्थित चुरेफेदीमा बुधबार राष्ट्रपति यादवले सतिसालको बिरुवा रोपे ।

त्यसअघि, उनले देवीदह किनारमा वृक्षारोपण गरेका थिए ।  नेपाली सेनाले राष्ट्रपति चुरे कार्यक्रम अन्तर्गत गत चैत १ गतेदेखि देवीदह क्षेत्रमा सरसफाइ तथा व्यवस्थित गरी उक्त दहलाई बोटिङ् तथा सिँचाई आदिका लागि उपयोगी बनाएको छ । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।