खोटाङ, असार  । भूकम्पका कारण राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको कार्यालय सारिएको छ ।
दिक्तेल नगरपालिका–२ मा रहेको भाडाको घर भूकम्पका कारण बस्नै नमिल्नेगरी चर्किएपछि आयोगको कार्यालयलाई दिक्तेलकै माटिकोरेमा सारिएको हो । भूकम्पपछि महिना दिनसम्म खुल्ला चौंरमा पाल टाँगेर सञ्चालन गरिएको कार्यालयलाई प्राध्यपक राजनशेर राईको घर भाडामा लिएर माटिकोरे सारिएको आयोगको उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख लोकनाथ घिमिरेले बताए । आयोगको पूरानो कार्यालयमा रेड स्टीकर टाँसिएपछि त्यहाँबाट पाँच मिनेटको दुरीमा आयोगको कार्यालय सारिएको हो ।
कार्यालय सार्नकालागि आयोगलाई सशस्त्र प्रहरी बल हलेसी गुल्मले सहयोग गरेको छ । आयोगको कागजात, फर्नीचर, बिद्युतीय सामग्री लगायत सार्नकालागि ३५ जवानले सहयोग गरेको गुल्मका सशस्त्र प्रहरी निरिक्षक फुर्गेली शेर्पाले बताए । 
भूकम्पका कारण जिल्लामा नापी, कोलेनिका लगायतका सरकारी कार्यालयहरु अन्यत्र सारिएका छन् । नापीलाई माटिकारे र कोलेनिकालाई जिल्ला प्रहरी कार्यालय नजिक सारिएको विपद व्यवस्थापन समितिले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।