काठमाडौं । मोहन वैद्य नेतृत्वको ३३ दलिय मोर्चाले भूकम्प पिडित जनताको राहत तथा त्यसमा टेकेर हुने विदेशी चलखल रोक्न केन्द्रीय अनुगमन तथा निरीक्षण समितिको घोषणा गरेको छ ।

बुधबार राजधानीको पत्रकार सम्मेलन गरेर डि.बी थापाको संयाजकत्वमा उक्त समिति घोषणा गरिएको हो ।

उद्घार, राहत तथा पुननिर्माण कार्यमा हुन सक्ने अनियमितता तथा वैदेशिक चलखेल विरुद्घ जनस्तरबाट खबरदारीका निम्ति ५ सदस्यीय पदाधिकारी चयन गरीएको समितिका संयोजक थापाले बताए । उक्त समितिमा युवराज सफल सदस्य सचिब रहेका छन भने हुकुम बहादुर लामा, कुल बहादुर मोक्तान तथा मैया राईहरु सदस्य रहेका छन् ।

अनुगमनका निम्ति समिति चयन गर्नु त भयो मोर्चाका संयोजक बैद्म चाहि खोइ भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै ३३ दलिय मोर्चाका सह–संयोजक सोभाराम थापाले भने “उहाँहरु राहत वितरण कार्यमा ब्यस्त हुनुहुन्छ हामी बाँकीले पनि उहाहरुलाई नै सहयोग गर्न यो समिति गठन गरेका हौँ । यो विपतको बेला अलि माथिल्लो सोचका साथ सबैले पिडितलाई राहत दिन सक्नु पर्दछ ।”
त्यसैगरि अनुगमन समितिका संयोजक डिबि थापाले विदेशीहरुले राहत उद्घारका नाममा चलेखलको वातावरण मिलाउदै गएको भन्दै त्यसको भण्डाफोर गर्न यो समिति गठन गरेको जनाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।