काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पीडित पत्रकारलाई प्याकेजसहितको राहत सामग्री वितरण गरेको छ ।
लायन्स क्लब इन्टरनेशलको सहयोगमा शाखाले २ सय किड राहत प्याकेज भूकम्प पीडित शाखा सदस्य पत्रकारलाई वितरण गरेको शाखा सचिव रामकृष्ण अधिकारीले जानकारी दिए ।
क्लब काउन्सिल चियर पर्सन भरत प्रसाद ढुंगेलले आइतबार सो राहत प्याकेज शाखालाई हस्तान्तरण गरेको र सोमबार पीडित पत्रकारलाई वितरण गरेको सचिव अधिकारीले बताए ।
क्लबका चियर पर्सन ढुंगेलका अनुसार क्लबले १३ हजार भूकम्प पीडितलाई त्रिपाल वितरण गरेको छ भने ७ करोड बराबरको खाद्यान्न वितरण गरेको छ । क्लबले संसदीय समितिसँगको सहकार्यमा भत्किएका विद्यालय निर्माण गर्ने पनि जनाएको छ ।
Comments