वैशाख । महाभूकम्पपछि राजधानी छाड्नेको लर्को चलेको छ । सोमबार बिहान हजारौं संख्यामा राजधानी छाड्न कलंकी पुगेको दृश्य देखिएको छ ।

यसरी राजधानी छाड्नेहरुमा मधेसी समुदाय तथा भारतीय नागरिकहरु बढी छन् । साथै विभिन्न जिल्लाका विद्यार्थी तथा अन्य व्यक्तिहरु पनि राजधानी छाड्दै गरेको दृश्यहरु देखिएका छन् ।
यसरी राजधानी छाड्ने मुख्य कारण भने विभिन्न अफवाह पाइएको छ । अझै ठूलो भूकम्प आउँछ रे, खै के हुन्छ रे भन्ने जस्ता विभिन्न हल्लाले डराएर पनि उनीहरु राजधानी छाड्न लागेको पाइएको छ ।
केहीले भने हप्तादिन शैक्षिक संस्था बिदा भएकाले घरपरिवारसँग भेटका लागि जान लागेको बताएका छन् । घरपरिवारले धेरैलाई एक पटक भए पनि घर आईज भनेर बोलाएपछि पनि फर्कन लागेको उनीहरु बताउँछन् ।

एकैचोटी ठूलो संख्यामा राजधानी छाड्ने भएपछि नागरिकहरुले टिकट पाएका छैनन् । टिकटमा मनोमानी भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।