चैत्र २२, काडमाडौं । विभिन्न सरकारी कार्यालयको नक्कली छाप र लेटरप्याड बनाई कीर्ते काम गर्दै आएका पूर्व डीएसपी पक्राउ परेका छन । 
काभ्रे स्थायी घर भइ काठमाडौंको गोठाटारमा व्यवसाय गर्दै आएका शसत्र प्रहरीका पूर्व डीएसपी चेतेन्द्र पन्त किर्ते काम गरेको प्रमाण सहित प्रहरीको फन्दामा परेका हुन् । 
काठमाडौको गोठाटारमा माता मनकामना टेडर्स का नामबाट व्यवसाय गर्दै आएका पन्तको सोही टेडर्समा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले गत शुक्रबार छापा मार्दा उनको कीर्ते धन्दाको सहस्य खुलेको हो । 
पन्तले कीर्ते कामका लागि निर्माण गरेको ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, यातायात व्यवस्था कार्यालय एकान्तकुना लगायतको नक्कली छाप तथा लेटर प्याड र प्रहरी निरिक्षक लगायत महत्वपूर्ण व्यक्तिहरुको छाप प्रहरीले बरामत गरेको छ । कीर्ते धन्दामा संलग्न पन्तलाई  पक्राउ गरी कारवाहीका लागि आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।