काठमाडौँ, २३ चैत । बुटवल पावरले प्रवद्र्धन गरेको आँधीखोला जलविद्युत् आयोजनाले केन्द्रीय प्रसारण लाइनमा ९.४ मेगावाट विद्युत् थप गरेको छ । 
आयोजनाका अनुसार यसअघि ५.१ मेगावाट विद्युत् उत्पादन गर्दै आइएको भए पनि क्षमता वृद्धि गरी ९.४ मेगावाट पु¥याइएको हो । थप विद्युत् उत्पादन आजदेखि नै औपचारिक रुपमा सुरु भएको जनाइएको छ । 
आयोजनामा यसअघि जडित उपकरण झन् डै सय वर्ष पुरानो भएकोले छिटो बिग्रिरहने, विद्युत् उत्पादन बन्द भइरहने,उपकरण मर्मत तथा सम्भार गर्न निकै समस्या हुने र पूर्ण रुपमा विद्युत् उत्पादन तथा सञ्चालन गर्न कठिन भएकाले पुराना उपकरण हटाई नयाँ जडान गरी क्षमता वृद्धि गरिएको आयोजनाका वरिष्ठ प्रबन्कभ विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाले २०६९ साल मङ्सिरदेखि क्षमता वृद्धिको काम सुरु गरेको थियो । 
आयोजना मर्मतका लागि मेगा बैंक लिमिटेड, नेपाल र विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमबाट ऋण उपलब्ध गराएको थियो । उक्त आयोजनाको क्षमता वृद्धि भई मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न केही मद्दत मिल्ने विश्वास लिइएको छ । आयोजनाद्वारा वितरित पानीले स्याङ्जा तथा पाल्पा जिल्लाका थप २५० हेक्टर गरी ५६० हेक्टर जमिन सिँचाइ सुविधा उपलब्ध हुने छ । 
पुनःनिर्माण गर्न करिब दुई वर्ष लागेकोे र नयाँ उपकरण जडान भएका कारण भूमिगत विद्युतगृहको लम्बाइ करिब आठ मि लामो हुन गएको छ । साथै टेलरेस टनेलको आकार पनि बढाइएको छ । झन्डै २५० मि लामो नयाँ पेनस्टक पाइप थप गरिएको छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।