काठमाडौं, चैत्र–३ ।  सन २०१८ मा हुने विश्वकप फुटबलको छनौट चरण अन्तरगत भएको नेपाल र भारत बीचको दोस्रो खेल बराबरीमा सकिएको छ, भने नेपाल विश्वकप छनौटको पहिलो चरणबाटै बाहिरिएको छ । त्रिपुरेश्वर स्थित दशरथरङ्गशालामा भएको खेल गोलरहित बराबरी टुङ्गिएको छ । खेलमा घरेलु समर्थकको प्रशस्त हुटिङ्ग पाएको  नेपाली टोलीले भारतीय टोलीमाथि निकै दबाब कायम राखे पनि गोल गर्न भने सकेन ,खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवरसको सदुपयोग गर्न सकेनन् । यसअघि भारतको गुहावटीमा भएको छनौट चरणको पहिलो खेलमा २–० ले पराजित भएको नेपाल , आजको खेलमा बराबरीसँगै २०१८ मा हुने विश्वकप र २०१९ मा हुने एसिया कप छनौटको पहिलो चरणबाटै बाहिरिएको छ ।  
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।