काठमाडौं, १३ फागुन । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गर्न लागेको  प्रदर्शनलाई वैद्य माओवादी ले समेत समर्थन गरेको छ ।  
अध्यक्ष मोहन वैद्य किरण  प्रेस विज्ञप्ति जारी गरी ३० दलीय मोर्चाले फागुन १६ गते राजधानीमा  गर्न लागेको जन प्रदर्शन लार्इ समर्थन गर्ने जनाएका हुन् । सबै आन्दोलनकारी शक्तिहरुको बीचमा संयुक्त आन्दोलनको कार्यक्रम आयोजना हुन नसके पनि एमाओवादी मोर्चाद्वारा फाल्गुण १६ गते काठमाडौंमा आयोजित विरोध प्रदर्शन लगायत आन्दोलनका कार्यक्रमहरु यथास्थितिवादको विरोधमा परिलक्षित रहेकोले आफ्नो पार्टीले समर्थन गरेको उनले उल्लेख गरेका छन  ।
 वैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘आजको आवश्यकता भनेको यथास्थितिवाद र प्रतिगमनका विरुद्ध संघर्षरत सबै प्रकारका आन्दोलनकारी शक्तिहरुको बीचमा बृहत्तर प्रकारको संयुक्त आन्दोलन हो । अतः बृहत्तर संयुक्त आन्दोलनको लागि नारा र कार्यसूची समृद्ध गरी साझा सहमति कायम गर्न फेरिपनि सबै आन्दोलनकारी हाम्रो पार्टी आग्रह गर्दछ ।’
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।