फागुन । चुनावी प्रतिवद्धता अनुसार आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल नेतृत्वको सरकारले दिल्लीमा निःशुल्क पानी तथा बिजुलीको महसुल आधा घटाएको छ ।
दिल्लीका जनतालाई राहतको घोषणा अनुसार मार्च १ बाट लागू हुने गरी उक्त सहुलियतको घोषणा गरिएको हो । 
दिल्लीका उपविदेशमन्त्री मनिष सिसोदियाले दिल्लीबासीलाई प्रत्येक महिना २० हजार लिटर पानी सित्तैमा दिने तथा चार सय युनिटसम्म बिजुलीको महशुलमा आधी छुट दिने घोषणा गरेका हुन्। चार सय युनिटभन्दा माथि भने पूरै शुल्क चुक्ता गर्नुपर्नेछ।
यो घोषणाले दिल्लीका ९० प्रतिशत परिवारले बिजुलीको महशुलमा राहत पाउनेछन्। सरकारले पानी र ढलको महशुल मिनाहा गरेको छ। पानी र ढलको महशुल मिनाहा गर्ने घोषणालाई मध्यनजर गर्दै दिल्ली सरकारले सो घाटा पूर्तिका लागि छुट्टै २५० करोड बजेटको व्यवस्था गर्ने बिबिसीले उल्लेख गरेको छ ।
बिजुलीको महशुल दर कम गर्दा ३६ लाख परिवार लाभान्वित हुनेछन्। पानी सित्तैमा उपलब्ध गराउँदा १८ लाख परिवारलाई प्रत्यक्ष फाइदा पुग्नेछ। सिसोदियाले आफ्नो सरकारले व्यापारीसँग राम्रो सम्बन्ध राख्ने बताउँदै व्यापारीलाई इमान्दारीसँग कर चुक्ता गर्न अपिल गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।