फागुन ११ । नेपालमा स्वाइन फ्लुको संक्रमितको संख्या पाँच पुगेको छ । सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को परीक्षणमा स्वाइन फ्लुको संक्रमण प्रमाणित हुनेको संख्या ५ पुगेको हो । 

राजधानीबाट संकलित २, पोखराबाट संकलित २ र भरतपुरबाट संकलित एउटा नमुनामा स्वाइन देखिएको छ ।

संक्रमित पाँच जना नै भारतबाट फर्किएका नेपाली हुन् । 

स्वाइन फ्लु भाइरस शरीरमा प्रवेश गरेको सामान्यतया एकदेखि चार दिनभित्र लक्षण देखिने र कहिलेकाहीं सातापछि पनि देख्न सकिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।