माघ । केही दिन अगाडी संविधानसभाको प्रक्रिया छाडेर राजधानी छाडेका एमाओवादी नेताहरुले पुनः संविधानसभाको प्रक्रियामा आउने संकेत दिएका छन् ।
एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले आफूहरुले संविधानसभा नछाडेको बताएका छन् । पोखरामा कार्यकर्ता भेलामा शुक्रबार उनले संविधानसभा छाडेको नभइ संविधान बनाउन थालिएको प्रक्रिया रोक्नुपर्ने माग आफूहरुको भएको भन्दै संविधानसभामा स्पेश खोजेको स्पष्ट संकेत दिए ।
बहुमतको आडमा २०४७ सालकै संविधान दोहोर्याउने खेल भइरहेको आरोप लगाउँदै भट्टराईले ‘कांग्रेस–एमालेले पेलेरै संविधान ल्याउन खोजे आफूहरु चूप नबस्ने भन्दै संविधानसभामा आफूहरुको उपस्थितिको औचित्य दर्शाएका थिए ।
संबिधान निर्माणका प्रक्रियालाई बहिस्कार गर्दै पूर्वको इटहरी दौडाहामा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो स्पेश खोजेको संकेत स्पष्ट रुपमा दिए ।
पछिल्लो समय आएर नेपाली कांग्रेस र नेकपा एमालेले सहमतीको नाममा माओवादीलाई गिराउन खोजेको भन्दै उनले स्व. गिरिजा प्रसाद कोइरालालाई सम्झेका थिए । प्रचण्डले गिरिजाबाबुको स्मरण गर्दै उनी नहुँदाको कांग्रेस बाँदरहरुको घर जस्तै बनेको समेत औँल्याए ।
Comments