• काठमाडौं । देशको राजधानी काठमाडौं सामान्य व्यवसाय गरी बसेका एक सफल व्यापारी हेमन्त कुमार लुइटेलमाथि निर्घात आक्रमण भएको छ । गम्भिर घाइते भएका उनको काठमाण्डौको नर्भिक  अस्पतालमा उपचार भईरहेको छ ।हस्तकला तथा घरेलु उद्योग संचालन गरी हाँसी खुशी साथ बसेका हेमन्त कुमार लुइटेल माथी अपराधिक संगठनले सांघातीक आक्रमण गरेकाे हाे । उनि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा लागेर इमान्दार भएर काम गर्दै आएका थिए लोकतन्त्र र प्रजातन्त्रको पक्षमा लड्दै अाएकै कारण पनि उनीमाथि अाक्रमण भएकाे अनुमान  गरिएकाे छ ।
    विना डर धम्की व्यापार व्यवसाय गर्न कहिले पाउने जसको जवाफ राज्य पक्षले दिनुपर्ने भएको छ । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीः
  • तपाईलाई कसले र किन आक्रमण ग¥यो ?
    म एउटा सामान्य परिवारमा जन्मेको मान्छे लेखपढ पछि आफ्नै बल बुताले हस्तकला सम्बन्धित व्यवसाय गरी बसेको थिए । यसरी नै मेरो दिनहरु बित्दै थिए । यसै क्रममा मलाई र मेरो परिवारलाई विभिन्न आपराधिक संघ संगठनले मानसीक र शारीरिक दुख दिने काम गर्न लागे विभिन्न खालका धम्की दिन थाले अनि कि मैले व्यवसाय बन्द गर्नुपर्ने कित देश छाडेर पलाएन हुनुपर्ने बाध्यता आएको छ । म काँही पनि नगई आफ्नै देशमा व्यवसाय गरेर केही बेरोजगारलाई रोजगारी दिएर बसेका मान्छेलाई राज्य पक्षले शान्ती सुरक्षा दिन सकेन र मेरो यो अवस्था भयो ।
    अब के गर्नु हुन्छ ?
    मैले आफ्नो देशमा बस्ने र व्यवसाय गर्ने अवस्था आएन त्यसकारण म विदेश तिर गएर केही व्यवसाय गर्ने पक्षमा छु ।
    तपाई माथी आक्रमण कसले र किन गरेको हो त ?
    म माथि राजनैतिक प्रतिसोधका आधारमा आक्रमण गरियो म प्रजातन्त्रको पक्षमा बोल्ने मान्छे यहाँ त प्रजातन्त्र र लोकतन्त्र को दुहाई भयो अपराधिक संगठन राजनैतिक दलले यस्तो अवस्थामा पु¥यायो । व्यक्ति र पार्टीको नाम लिँदा अझै म माथी आक्रमण हुने संभावना भएकाले त्यतातीर नजाउ मेरो परिवारमा विभिन्न समयमा विभिन्न आक्रमणहरु भएका हुन आफ्नो जन्मथलो छाडेर विस्थापित भई राजधानी र अन्य सुरक्षित स्थानमा बसाई सर्नु परेको छ । मेरो अंकल गुरु लुइटेलको त हत्या नै गरेको छन् ।

    Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।