काँकडभिट्टा, २७ पुस
 मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ । 
नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए । 
बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख ११ हजार ९४४ विनियोजन गरिएको छ । 
यसैगरी, खर्चतर्फ प्रशासनिक ९उपभोग० शीर्षकमा रु १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा रु ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ । 
खर्चमा हरेक वडालाई रु एक करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र तीन करोड ५० लाखको ट्र्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।