माघ ६ । नामिवियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।
प्रतियोगितामा नेपालले आफ्नो दोस्रो जित दर्ज गर्दै डिभिजन–२ मा कायम रहने सम्भावना बलियो बनाएको छ ।
क्यानडाले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले २३।१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
उपकप्तान मल्लसँग मिलेर नेपालको इनिङ्स सम्हालेका कप्तान पारसले ७७ रन जोड। यस्तै उपकप्तान मल्ल ३२ रन तथा विनोद भण्डारी एक रनमा अविजित रहे।  ओप्नर व्याट्सम्यान सुवास खकुरेल र नरेश बुढाएर सून्य रनमै पेभिलियन फर्किएका थिए ।
क्यानडालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले ५, सोमपाल कामीले २, कप्तान पारस खड्का, शक्ति गौचन र सागर पुनले समान एक–एक विकेट लिएका थिए। 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।