माघ ६ । गएराति मध्याह्नमा संविधानसभाभित्र तोडफोडको घटना घटेको छ । विपक्षी सभाषदहरुले प्रक्रियामा नजान आग्रह गर्दा सभामुख सुवासचन्द्र नेम्वांगले प्रक्रिया अगाडी बढाएपछि विपक्षी एमाओवादी तथा मधेसवादी सभाषदहरुले आक्रमण गरेका हुन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव समिति प्रस्तुत गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै संविधानसभाभित्र नाराबाजी मच्चिएको थियो । मर्यादा पालक अगाडी बढेपछि भने विपक्षी सभाषद आक्रमणमा उत्रिएका थिए ।

संविधानसभा बैठकमै एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष विद्यादेवी भण्डारीमाथि सामान्य आक्रमण समेत भएको छ ।

ओलीलाई छातीमा माइक प्रहार भएको छ भने उपाध्यक्ष भण्डारीको खुट्टामा चोट लागेको छ । यस्तै सभासद् ऋषिकेश पोखरेल पनि सामान्य घाइते भएका छन् ।

आक्रमणबाट मर्यादापालक सुनिता सुब्बासहित झण्डै एक दर्जन घाइते भएका छन् । संविधानसभाभित्रका दर्जनौं कुर्सी तथा माइकहरु तोडफोड भएका छन् ।

संविधानसभा भित्रै वितन्डा मच्चिएपछि सभामुख नेम्वांगले दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।