काठमाडौंको रत्नपार्कमा निकालिएको राँके जुलुस ।

माघ ५ । मंगलबारको बन्द सफल पार्न भन्दै देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालिएको छ ।

एमाओवादी ३० दलिय मोर्चा, वैद्य नेतृत्वको नेकपा माओवादी तथा पद्मरत्न तुलाधार नेतृत्वको आदिवासी मोर्चाले सोमबार साँझ देशैभर मसाल जुलुस निकालेको हो ।

संविधानसभा विघटन गरेर राजनीतिक सभाबाट समस्यका हल गर्दै आएको नेकपा माओवादी, पहिचानसहितको संघीयताको माग गर्दै आएको आदिवासी जनजाती र सहमतिको आधारमा संविधान जारी गर्न माग गर्दै एमाओवादीले मंगलबारका लागि संयुक्त बन्दको घोषणा गरेका हुन् ।

बन्दलाई सफल बनाउन र बन्दको विरोध गर्नेलाई प्रतिकार गर्न सबै नेतृत्वले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको बुझिएको छ ।

सुनसरीको धरानमा निकालिएको राँके जुलुस ।

कैलालीमा निकालिएको जुलुस ।

तस्बीर: युवराज, प्रमेश, विराज (फेसबुक)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।