माघ ५ । गत जेठमा संचालित कक्षा ११ को परीक्षाको नतिजा उच्च माध्यामिक शिक्षा परीषद सानोठिमीले सोमबार प्रकाशित गरेको छ ।
नतिजाअनुसार यस वर्षको कक्षा ११ को परीक्षामा ४७.२६ प्रतिशत विद्यार्थी पास भएका छन्। 
परीक्षामा नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ ले परीक्षा दिएकोमा १ लाख ६ हजार ५ सय १७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
यस वर्ष गत वर्षको भन्दा यस वर्ष ७.२६ प्रतिशत विद्यार्थी बढी उत्तीर्ण भएका छन्। गत वर्ष ४० प्रतिशत विद्यार्थी मात्र उर्त्तीण भएका थिए। यसैगरी इक्ज्याम्टेड तर्फ ३३.१५ प्रतिशत विद्यार्थी पास भएका छन्। इक्ज्याम्टेडमा कुल १ लाख ४१ हजार ५ सय ७० विद्यार्थी सहभागि रहेकोमा ४६ हजार ९ सय ३३ विद्यार्थी उर्त्तीण भएका हुन्। गत वर्ष इक्ज्याम्टेड तर्फ ३२.९३ प्रतिशत विद्यार्थी पास भएका थिए।
रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।