माघ ३ र ५ गतेको नेपाल बन्द स्थगित, ६ गते संयुक्त बन्दको घोषणा

माघ । वैद्य नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको माघ ३ र एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले आह्वान गरेको माघ ५ गतेको बन्द स्थगित भएको छ ।

माघ ६ गतेका लागि भने संयुक्त रुपमा नेपाल बन्दको घोषणा भएको छ । एकीकृत माओवादी नेतृत्वको मोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजातिबीच संयुक्त कार्यक्रम गरी अगाडि बढ्ने निर्णय भएको हो ।

सडक संघर्षमा रहेका सबै विपक्षी दलहरुबीच संयुक्त कार्यक्रम गरी अगाडि बढ्ने निर्णय अनुसार ६ गते नेपाल बन्दको आह्वान गरिएको हो ।

तीन पक्षबीच बुधबार भएको छलफलमा वैद्य माओवादीले आह्वान गरेको माघ ३ तथा एमाओवादी नेतृत्वको मोर्चाको माघ ५ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय भएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।