पुस । विद्युत प्राधिकरणले फेरि बढ्यो लोडसेडिङको समय बढाएको छ । माघ ४ गतेबाट लागू हुने गरी प्राधिकरणले पुनः लोडसेडिङको समयावधि बढाएको हो ।

यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा थप पाँच घण्टा बढेको हो । जाडोको समयमा विद्युत्तको माग बढेका बेला मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र ममर्तका लागि बन्द गर्नुपर्ने भएकाले लोडसेडिङ बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले माघ ४ गते आइतबारबाट सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा सर्वसाधरणको घरमा जाने बत्ती काट्ने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।