पुस २८ । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलहरु फेरि पनि असफल बनेका छन् ।

यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको समितिलाई पछिल्लोपटक संविधानका विवाद मिलाउन वा नमिलेका विषयलाई प्रश्नावली तयार पारेर संविधानसभामा पेश गर्न चार दिनको समयसीमा दिइएको थियो ।  सो समयसीमा सोमबार सकिएको छ । यसबिचमा दलहरु वार्तामा जुटेपनि सहमति जुट्न नसकेको हो ।

सहमति नजुटेपछि संविधानसभामा कसरी प्रतिवेदन पठाउने भन्ने विषयमा छलफल भएको छ ।

समितिका सभापति डा. भट्टराईले सहमति जुटाउन नसकेको भन्दै अब के गर्ने भन्दै समितिका सदस्यहरुसँग सुझाव मागेका थिए ।

सत्तारुढ दलहरुले सहमति नभए प्रक्रियाबाट भएपनि संविधान जारी गर्नुपर्ने बताईरहेका छन् भने विपक्षीले प्रक्रिया नमान्ने चेतावनी दिँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।