पुस । प्रमुख राजनीतिक दलहरुबीच सहमति नजुटेसँगै माघ ८ मा संविधान जारी गर्न नसक्ने भएपछि जेठमा संविधान जारी गर्ने मिति सार्ने तयारी थालेका छन् ।
एमाओवादीले जेठ १५ मा संविधान जारी गर्ने मिति सार्ने प्रस्ताव अगाडी सारेको छ । तर, सत्तारुढ कांग्रेस एमालेले भने त्यसलाई अस्वीकार गरेका छन् ।
संविधानका विवादित विषयमा सत्तारुढ र विपक्षी दलहरु सोमबार बिहान बसेको बैठकमा दुवै पक्षले आ-आफ्नै अडान राखेका थिए । बैठकमा सहमति नभएपछि तीन दलका नेताहरु एक्ला–एक्लै बसेको बैठकमा एमाओवादी अध्यक्ष दाहालले संविधान जारी गर्ने मिति सार्न प्रस्ताव गरेका थिए । 
दाहालले संविधान जारी गर्नुपर्ने मिति जेठमा सार्न प्रस्ताव गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताएका छन् ।
बैठकपछि दाहालले भने आफूले संविधान जारी गर्ने मिति सार्ने प्रस्ताव नगरेको जिकिर गरेका छन् ।
‘मैले माघ ८ को मिति सार्ने प्रस्ताव गरेकै छैन, दाहालले भने, ‘हामी अहिले पनि माघ ८ मै संविधान जारी गर्ने गरी छलफललाई अगाडि बढाइरहेका छौ। मिति सार्ने प्रस्ताव गरेको भनेर गलत सन्देश गएछ।’
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका साथै एमाले नेता माधव नेपालले पनि आफूसँग दाहालले माघ ८ को सट्टा जेठ १५ गते जारी गर्ने प्रस्ताव गरेको बताएका थिए।
सत्तारुढ दलहरुले जु्नसुकै अवस्थामा पनि माघ ८ मै संविधान जारी गर्ने दोहोर्‍याउँदै आएका छन् भने प्रतिपक्षले भने सहमतिबाटै संविधान जारी गर्नुपर्ने बताउँदै आएका छन् ।
यता, सत्तापक्ष सभाषदहरुले दुई तिहाईको हस्ताक्षर पुर्याउने भन्दै हस्ताक्षर अभियान समेत थालेका छन् भने विपक्षी दललहरुले भने नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रम समेत सुरु गरिसकेका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।